बाढीपीडितका लागि शान्ति नेपाली समाजबाट दुई लाख पचास हजार


लन्डन । शान्ति नेपाली समाज बेलायतले रसुवा बाढी पीडितका लागि तत्काल दुई लाख पचास हजार रुपैयां पठाउने निर्णय गरेको छ ।
संस्थाका अध्यक्ष राम प्रसाद न्यौपानेको अध्यक्षतामा बुधबार भएको भर्चुअल बैठकले उक्त निर्णय गरेको हो । रकम पठाउने जिम्मा संस्थाका कोषाध्यक्ष काशी बनलाई दिने निर्णय गरिएको छ ।
१८ सदस्य सहभागी बैठकले बाढीबाट धनजनको क्षतिप्रति स्तव्ध हुंदै दिवङ्गतप्रति हार्दिक श्रद्धान्जली ब्यक्त गरेको छ । साथै, संस्थाको स्थापित परम्परा बमोजिम देशलाई परेको विपत्तिमा सहयोग गर्न कुनै कसर बाँकी नराख्ने निर्णय भएको छ ।
बैठकले समाजका पूर्व अध्यक्ष लिला थापा, कार्यसमिति सदस्य सागर अधिकारी तथा स्वयंसेवक नारद सापकोटा लगायत ब्यक्तिहरु सम्मिलित आकस्मिक सहायताका लागि काठमाडौं र चितवनमा परिचालित टिमको खर्च प्रस्तावित रकम बढीमा १००० पाउण्ड आवश्यक परे संस्थाका सदस्य तथा सदस्यका एकाघरका आश्रित, बाढी पीडितका लागिमात्रै खर्च गर्नसक्ने गरि निकासाको अनुमति दिने र सोको जिम्मेवारी लिला थापालाई दिने निर्णय गरेको छ ।
बैठकले अहिलेसम्म जनधनको क्षति यकिन नभएकाले संस्थाका सदस्यहरुको दान क्षमता अनुसार आवश्यक रकम पछि अनिवार्य रुपमा सरकारको निकायमार्फत खर्च हुनेगरी सहयोग गर्ने निर्णय गरेको छ । यसको संयोजन जिम्मा संस्थाका अध्यक्ष राम प्रसाद न्यौपाने, महासचिव राजेशमणि लामिछाने र पूर्व अध्यक्ष कोशलेश्वर ढकाललाई दिने निर्णय गरिएको छ ।
संस्थाको ट्रष्टी बोर्डले रकम संकलनका लागि पूर्ण समर्थन गरेकाले रकम सङ्कलनको माध्यम संस्थाको व्हाट्सएप ग्रुपलाई बनाउने निर्णय भएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


