मंगलबार, चैत ६, २०८०
06:55 | १२:४०

नीति र शर्तहरू

  • नेपाली लिंक डटकममा प्रकाशित कुनै पनि सामग्री पढ्न वा हेर्नका लागि शुल्क लाग्दैन ।
  • नेपाली लिंकको वेवसाइट, युट्युब, फेसबुक लगायत कुनै पनि प्लेटफर्मका कुनै सामग्रीहरु शेयर गर्न र आफ्नो वेबसाइटमा इम्बेड गर्न अनुमति छ । तर हुबहु प्रकाशित गर्नुपरेमा भने अनुमति लिन जरुरी छ ।
  • नेपाली लिंकका वेब साइट, युट्युब, फेसबुक लगायतका कुनै पनि प्लेटफर्ममा प्रकाशित सामग्रीहरुमा अश्लिल, कुनै व्यक्तिप्रति आक्रामक र पूर्वाग्रहीपूर्ण कमेन्ट गर्न अनुमति छैन । त्यस्तो कमेन्ट गरेमा कमेन्ट हटाउने, सम्पादन गर्ने, प्रयोगकर्तालाई आंशिक वा पूर्णरुपमा प्रतिबन्ध लगाउने अधिकार नेपाली लिंकलाई छ ।
  • तपाईंले पठाउने सन्देश वा कमेन्ट सभ्य र सबैलाई सुहाउने खालकोे हुनुपर्छ । बिगार्ने, नास्ने, अपमानजनक र दुव्र्यवहारपुर्ण हुनुहुंदैन । तपाईंले पठाउने सन्देशहरू सृजनात्मक र नम्र, दुष्ट्याईंपूर्ण नभएको र समस्या खडा गर्ने नियतबश नगरिएको हुनुपर्छ । गैरकानूनी वा अपमानजनक सामग्री पठाउन हुंदैन । गैरकानूनी, अरूलाई हैरानी दिने, गाली गलौज, दुव्र्यवहारपुर्ण, धम्काउने, हानीकारक, अश्लील, फोहर गाली, यौनगत, जातीय रूपमा अस्वीकार्य अथवा अरू हिसाबले पनि स्वीकार गर्न नसकिने सामग्रीहरू स्वीकार्य हुनेछैनन् ।
  • नेपाली लिंकमा प्रकाशित कुनै सामग्री अनुपयुक्त लागेमा तपाईले नेपाली लिंकको इमेल ठेगाना [email protected] मा इमेल पठाउन सक्नुहुनेछ । हाम्रो टिमले पुनरावलोकन गरेर सच्याउन वा स्पष्ट पार्न सक्नेछ ।
  • नेपाली लिंकले तपाईका कुनै पनि व्यक्तिगत डाटाहरु राख्दैन र दुरुपयोग गर्दैन । सब्सक्राइब गरेको खण्डमा प्रयोगकर्ताका इमेलहरु भने नेपाली लिंकसँग रहन्छन् । तर त्यस्ता इमेलहरु नेपाली लिंकले तेश्रो पार्टीलाई दिने, बेच्ने वा दुरुपयोग गर्ने गर्दैन ।
  • नेपाली लिंकले यी नियम तथा शर्तहरू बेलाबेलामा परिवर्तन गर्ने गर्दछ । त्यसैले तपाईंले नियमित रूपमा यी शर्तहरू हेरिरहनुपर्दछ । थप गरिएका वा सुधारिएका शर्तहरूमा तपाईंको सहमति छैन भने कृपया यो वेबसाइट प्रयोग गर्न बन्द गर्नुहोस्।
  • तपाईंले नेपाली लिंकको प्रयोग कानूनसम्मत प्रयोग मात्र गर्नुपर्छ । यो वेबसाइट प्रयोग गर्ने अरूको अधिकारलाई उल्लंघन गर्ने वा रोक्ने कुनै कार्य गर्न पाउनुहुनेछैन । प्रतिबन्धित व्यवहारहरू गरेर, अश्लील अथवा अपमानजनक सामग्रीहरु पठाएर अथवा नेपाली लिंकमा सामान्य बहसको प्रक्रियामा अवरोध खडा गरेर अन्य व्यक्तिलाई मर्का वा अप्ठ्यारोमा पार्ने खालका गतिविधि गर्न पाइनेछैन ।
  • आफ्नो सामग्रीहरू टेक्स्ट, फोटो, तस्वीर, चित्र, भिडियो वा अडियो नेपाली लिंकलाई प्रदान गरेर ती सामग्रीहरू नेपाली लिंकले चाहे जसरी निशुल्क प्रयोग गर्न अनुमति दिन सक्नुहुनेछ ।