बाढीपीडितलाई श्रृजनशील लेष्टर नेपालको २ लाख सहयोग प्रम राहत कोषमा जम्मा


फाइल तस्विर
लन्डन- बेलायतको लेष्टरस्थित श्रृजनशील लेष्टर नेपाल यूकेले नेपालका बाढीपीडितको लागि २ लाख रुपैया सहयोग गरेको छ।
समाजका तर्फबाट सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा भइसकेको अध्यक्ष शिव पराजुलीले जानकारी दिए।
बुधबार दिउंसो आकस्मिक बैठक बसेर समाजले तत्काल सहयोग पठाउने निर्णय गरेको थियो।
बाढीबाट प्रभावितहरुको सहायता तथा राहतमा तत्काल र प्रभावकारी सहयोग पुगोस् भनेर प्रधानमन्त्री राहत कोषमार्फत् नै सहयोग गरिएको अध्यक्ष पराजुलीले बताए।
उनले बाढीपीडितहरुको सहयोगमा जुट्न समाजका सबै सदस्य एवम् बेलायतको सिंगो नेपाली समुदायलाई पनि आव्हान गरेका छन्।
श्रृजनशिल लेष्टर नेपालले यसअघि पनि नेपालमा विपदका हरेक समयमा बेलायतबाट सहयोग गर्दै आएको छ।
यसैबीच, नेपालमा बाढीले निम्त्याएको विपत्तिको अवस्थालाई ध्यानमा राख्दै संस्थाले हरितालिका तीजको अवसरमा आगामी सेप्टेम्बर ७ तारिख सोमबारलाई तय गरेको तीज कार्यक्रम पनि स्थगित गर्ने निर्णय गरेको छ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


