बुधबार, २६ अगस्ट, २०२६
22:24 | ०३:०९

भारतले रसुवा बाढी प्रभावितका लागि पठायो १० टन मानवीय सहायता

रासस अगस्ट २६, २०२६

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन मानवीय सहायता तथा विपद् राहत पठाएको जनाएको छ ।

भारतीय विदेशमन्त्री डा एस जयशङ्करले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै आज नेपालको रसुवामा आएको बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत, आवश्यक औषधि नेपाल पठाइएको बताएका छन् ।

“हामी शोक सन्तप्त परिवारजन तथा यस घटनाबाट प्रभावित सबैप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ”, उनले भनेका छन्, “यस चुनौतीपूर्ण परिस्थितिमा भारत नेपाल र नेपाली जनताको साथमा उभिएको छ ।”

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू