बुधबार, २६ अगस्ट, २०२६
21:12 | ०१:५७

बाढी पीडितका लागि आपतकालीन सहयोग गर्न एनआरएनए स्कटल्याण्डको अपिल

नेपाली लिङ्क अगस्ट २६, २०२६

लन्डन । एनआरएनए स्कटल्याण्डले भोटेकोशीमा आएको बाढी तथा प्राकृतिक विपत्ति पीडित परिवारहरूको सहयोगका लागि अपिल गरेको छ ।

एनआरएनए स्कटल्याण्डले बुधबार एक अपिल जारी गर्दै स्कटल्यान्डमा क्रियाशील सम्पूर्ण नेपाली सामाजिक संघसंस्था तथा समुदायलाई आफूसंग जोडिएर एउटै उद्देश्यका लागि हातेमालो गर्दै यस आपतकालीन सहयोग अभियानमा एकजुट हुन हार्दिक आह्वान गरेको हो ।

हालसम्म सहयोग प्रतिबद्धता जनाउने सम्पूर्ण सहयोगी मनहरूप्रति आभार व्यक्त गर्दै संस्थाले सहयोग गर्न इच्छुकलाई तल दिइएको बैंक अकाउण्टमा चन्दा ट्रान्सफर गर्न समेत आग्रह गरेको छ ।

संकलित सहयोग रकम यथाशीघ्र नेपाल सरकारसमक्ष पुर्‍याई बाढी पीडितको राहतका लागि हस्तान्तरण गरिने संस्थाले जनाएको छ ।

मातृभूमिको दुःखमा एकजुट भएर उभिन पनि संस्थाले अपिल गरेको छ ।

Bank: Royal Bank of Scotland
A/C Name: NRNA Scotland
Sort Code: 83-15-15
A/C No: 16093458

सम्पर्क:
07446 065506 | 07455 664555 | 07403 776886

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू