बिहीबार, २० अगस्ट, २०२६
20:28 | ०१:१३

नेपाल इन्जिनियर्स एसोसिएसन यूकेमा न्यूसन श्रेष्ठ नेतृत्वको नयां कार्यसमिति

नेपाली लिङ्क अगस्ट २०, २०२६

लन्डन । बेलायतस्थित नेपाली इन्जिनियरहरुको संस्था नेपाल इन्जिनियर्स एसोसिएसन यूकेमा नयां कार्यसमिति चयन भएको छ । संस्थाको अध्यक्षमा न्यूसन श्रेष्ठ निर्वाचित भएका छन् ।

नव गठित कार्यसमितिको उपाध्यक्षमा गौचन गुरुङ, कोषाध्यक्ष पूजा गुरुङ, सचिवद्धयमा दीक्षान्त श्रेष्ठ र आयुश गुरुङ, सोसल मिडिया/कम्युनिकेशन म्यानेजरद्वयमा सुदीप राई र अनिल फुयांल निर्वाचित भएका छन् ।

त्यसैगरि, प्रमुख सल्लाहकारहरुमा संस्थाका पूर्व अध्यक्षद्वय उदीप राई र इन्दु राई तथा कार्यकारी सदस्यमा सुमन वैद्य निर्वाचित भएका छन् ।

नेपाल इन्जिनियर्स एसोसिएसन नेपाली इन्जिनियरहरूको एक स्वतन्त्र तथा गैर–नाफामूलक संस्था हो, जुन नेपाल सरकारको समाज सेवा ऐनअन्तर्गत दर्ता छ ।

यसको स्थापना सन् १९६२ मा नेपालमा भएको थियो। त्यसैको बेलायत शाखा सन् २०१७ मा स्थापना भएको थियो ।

संस्थाको उद्देश्य बेलायतमा बस्ने नेपाली इन्जिनियरहरूबीच फेलोसीप र सहायता प्रवद्र्धन गर्नु छ । साथै, नेपाली इन्जिनियरहरूलाई नेटवर्किङ प्लेटफर्म प्रदान गर्नु पनि हो ।

व्यावसायिक इन्जिनियर र विद्यार्थी इन्जिनियरसहित उदीयमान युवा इन्जिनियरहरूलाई मार्गदर्शन र साथ समर्थन गर्नु पनि संस्थाको मूल उद्देश्यभित्र छ ।

अन्तर्राष्ट्रिय इन्जिनियरिङ संघसंस्थाहरूसँग सम्बन्ध, फेलोसीप र सद्भावना अभिवृद्धि गर्नु आफ्नो उद्देश्य रहेको एसोसिएसनले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू