शुक्रबार, वैशाख १४, २०८१
02:23 | ०७:०८

इजरायलीहरू न्यायिक सुधारको विरोधमा आम हड्तालमा

रासस–सिन्ह्वा मार्च २७, २०२३

इजरायलीहरू न्यायिक सुधारको विरोधमा आम हड्तालमा उत्रिएका छन् । तस्विर- एपी

जेरुसेलम, १३ चैत–इजरायलको सबैभन्दा ठूलो श्रम सङ्गठन हिस्टाद्रुटले विवादास्पद न्यायिक सुधार योजना रोक्न सरकारलाई दबाब दिन सोमबार कामदार हडताल शुरु गरेको छ।
हिस्टाद्रुटका अध्यक्ष अर्नोन बार–डेभिडले विज्ञप्ति जारी गर्दै ‘कामदार र रोजगारदाताहरूले मिलेर न्यायिक सुधारलाई रोक्ने’ बताएका छन् ।

उनको आह्वानपछि बेन गुरियन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने उडानहरू स्थगित गरिएको छ।

कलकारखाना, बैंक, सपिङ मल र स्थानीय निकायले पनि सेवा बन्द गरेका छन् । फास्ट फुड चेन रेस्टुरेन्ट म्याकडोनाल्ड पनि हडतालमा सामेल भई इजरायलभरका आफ्ना रेस्टुराँहरू बन्द गरेको छ । यसबाट सार्वजनिक यातायात, विद्यालय भने प्रभावित भएनन्।

यसैबीच, इजरायली मेडिकल एसोसिएसनले सबै सार्वजनिक अस्पताल र सामुदायिक क्लिनिकहरूमा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरेका छन् ।

इजरायलका सबै सार्वजनिक विश्वविद्यालयहरूले हडताल गरेका छन्। इजरायलको एसोसिएसन अफ युनिभर्सिटी हेड्सले विज्ञप्ति जारी गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनको सत्तारूढ गठबन्धनलाई कानुनी प्रक्रिया तत्काल रोक्न र छलफल शुरु गर्न आग्रह गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू