शुक्रबार, वैशाख २१, २०८१
17:22 | २२:०७

इंग्ल्यान्ड-नेपाल ऐतिहासिक फुटबलको टिकट बिक्री धमाधम, अनलाइन र प्रत्यक्ष दुवै उपलब्ध

नेपाली लिङ्क अप्रिल २३, २०२४

लन्डन- बेलायतमा नेपाली राष्ट्रिय फुटबल टीमले इंग्ल्यान्ड सीविरुद्ध खेल्ने पहिलो ऐतिहासिक खेलको टिकट अहिले धमाधम बिक्री भइरहेका छन् ।

मे ६ तारिख सोमबार बैंक होलिडेका दिन दिउँसो तीन बजे अल्डरसट टाउन फुटबल क्लबको मैदानमा दुई देशबीचको खेल हेर्न अनलाइन र प्रत्यक्ष दुवै टिकट उपलब्ध छन् ।

खेलका लागि नेपाली समुदायको तर्फबाट संयोजकको जिम्मेवारी लिएका कमल कोनेका अनुसार खेल हुन ठीक दुई साताअघि सोमबारसम्म दुई हजार बढी टिकट बिक्री भइसकेका छन् ।

हालसम्म प्रत्यक्ष रुपमा १४ सय र अनलाइनमार्फत् ७ सय बढी टिकट बिक्री भइसकेको उनले जानकारी दिए ।

खेल हेर्न टिकट शुल्क १७ वर्षमुनिका लागि ५ पाउण्ड र वयस्कका लागि १० पाउण्ड छ।

८ हजार दर्शक क्षमताको अल्डरसट एफसीको इबीबी रंगशालामा नेपालको ऐतिहासिक खेल हेर्न उल्लेख्य नेपाली उपस्थित हुने अपेक्षा आयोजकको छ ।

खेल आयोजक अल्डरसट एफसी अध्यक्ष साहिद अजिमले खेलका दिन हजारौं नेपाली दर्शकहरुको उपस्थिति अपेक्षा गरेको बताए ।

आफ्नो देशको राष्ट्रिय टीम पहिलोपटक फुटबलको जननी मुलुक इंग्ल्याण्डको माटोमा खेल्दा बेलायतवासी नेपालीहरु आएर हौसला बढाउने आशा उनले व्यक्त गरे ।

नेपाल र इंग्ल्यान्ड सीबीचको खेल हेर्न अनलाइन टिकट लिन यहाँ क्लिक गर्नुहोस् ।

प्रत्यक्ष टिकट लिन चाहनुहुन्छ भने टिकट संयोजकहरु (तल ब्यानरमा नम्बर छ) लाई सिधै सम्पर्क गर्नुहोस् ।

प्रत्यक्ष टिकटहरु बेलायतका विभिन्न क्षेत्रस्थित नेपाली पसल, संघसंस्था र सामाजिक अभियन्ताहरुबाट लिन सकिनेछ ।

आयोजकले यथाशिघ्र टिकट बुकिङ गरी आफ्नो स्थान सुरक्षित गर्न सम्बन्धित सबैमा आव्हान गरेका छन् ।

‘सिटिङ सिट’ को संख्या सिमित हुने भएकाले ती सीट ‘सोल्ड आउट’ हुनुअगावै टिकट लिन सुझाव दिइएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू