आइतबार, वैशाख २३, २०८१
19:08 | २३:५३

कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत

रासस अप्रिल २५, २०२४

कर्णाली, वैशाख १३ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गरेका छन् । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको १० औँ बैठकमा उनले विश्वासको मत प्राप्त गरेका हुन् ।

कुल ४० प्रदेशसभा सदस्य रहेको कर्णालीमा ३५ सदस्य उपस्थित थिए । उपस्थित २३ प्रदेशसभा सदस्यले मुख्यमन्त्री कँडेलको पक्षमा मतदान गरे । यस्तै १२ प्रदेशसभा सदस्यले उनको विपक्षमा मतदान गरेका थिए । एक सदस्य तटस्थ रहे ।

मुख्यमन्त्री कँडेलले विश्वासको मत प्राप्त गर्न सभासमक्ष राखेको प्रस्तावको पक्षमा जम्मा २३ मत परेको र उक्त सङ्ख्या प्रदेशभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमत भएकाले सभामुख नन्दा गुरुङले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम राख्नुभएको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरिन् ।

हाल कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एमाले) का १० तथा नेकपा (एकीकृत समाजवादी), राप्रपा र स्वतन्त्र एक एक गरी ४० सदस्य छन् । प्रदेशसभाको अर्को बैठक यही वैशाख १७ गते दिउसो ३ बजे बस्ने छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू