शनिबार, वैशाख २२, २०८१
01:48 | ०६:३३

ब्रिटिश महिलाले बर्दियामा सुत्केरी केन्द्र बनाउन शुरु गरिन् चन्दा संकलन अभियान

नेपाली लिङ्क अप्रिल २३, २०२४

लन्डन – पश्चिम नेपालस्थित बर्दिया जिल्लामा रहेको बाराबर्दिया नगर अस्पतालमा स्थापित सुत्केरी केन्द्र (बर्दिङ सेन्टर) का लागि आवश्यक उपकरणहरु जुटाउन एक ब्रिटिश महिलाले सहयोग संकलन अभियान शुरु गरेकी छन्।

दक्षिण पश्चिम इंगल्याण्डको ल्याण्डपोर्टमा आफ्नो परिवारसहित बसोबास गर्ने जोर्जिना उडहेडले ‘जस्ट गिभिङ’ पेज खोलेर त्यस्तो अभियान शुरु गरेकी हुन्।

बाराबर्दिया नगरपालिकामा बसोबास गर्ने झन्डै ७५,००० जनसंख्यामध्ये ७२ प्रतिशत थारु समुदायका जनता छन्। यो नगरपालिकामा खासगरी थारु समुदायमा पाइने  सिकलसेल अनिमिया रोगका बिरामीहरु पनि छन् ।  

“थारु समुदायमा पहिले घरमै सुत्केरी गराउने प्रचलन थियो। अहिले अधिकांश गर्भवती महिलालाई सुत्केरी गराउन नगर अस्पताल ल्याउने गरिएको छ। तर अस्पतालमा पर्याप्त उपकरण नहुँदा उनीहरुको ज्यान जोखिममा पर्ने खतरा छ,” जोर्जिनाले भनिन्। भेरी अञ्चल अस्पताल, नेपालगंज त्यहाँबाट ६५ किलोमिटर टाढा छ।  

१८ वर्षको उमेरमा ए लेभल पुरा गर्न साथ ‘स्कुल पार्टनरशिप वर्ल्डवाइड’ भन्ने संस्थासंग आबद्ध भएर उनी एक स्वयंसेवकको रुपमा नेपाल पुगेकी थिइन् । त्यसयता पटक पटक नेपाल भ्रमण गरेकी जोर्जिनाले धुवाँ रहित चुल्हो, शौचालय निर्माण तथा विद्यालयहरुमा ग्रीन क्लब स्थापना गर्न र दाङ्गमा १८ ओटा सार्वजनिक कुवां निर्माण गर्न पनि सहयोग जुटाएकी थिइन् । 

सन् २०१६ मा यूकेमा तीन ओटा पहाड चढेर नेपालका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गर्न रकम जुटाएकी थिइन्।

“बर्दियास्थित बाराबर्दिया नगर अस्पताल संचालक समितिका अध्यक्ष तथा युवा समाजसेवी तीर्थ पौडेल मेरा पुराना मित्र हुन्। उनले स्थानीय समुदायका लागि थुप्रै कल्याणकारी कामहरु गरिरहेका छन्। उनको नेतृत्वमा संचालन भइरहेको अस्पताललाई सानो भए पनि सहयोग पुराउने उद्देश्यले पनि मैले यो अभियान शुरु गरेकी हुँ”- उनले भनिन्। 

बाराबर्दिया नगर अस्पतालमा बर्दिङ सेन्टर स्थापना गर्न यो लिंकमा गएर सहयोग गर्न सकिन्छ:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू