कोभेन्ट्री नेपाली समाजको दशैँ उल्लास


लन्डन । कोभेन्ट्री नेपाली समाज बेलायतले विजया दशमी २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। कार्यक्रममा नेपाली कला, संस्कृति र परम्पराको संरक्षणसँगै आपसी सद्भाव र एकतालाई जोड दिइएको थियो।
समाजका अध्यक्ष रमेश कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुरुहरूको स्वस्तिवाचन, नेपालबाट आएका चर्चित लोकगायकहरूको सांगीतिक प्रस्तुति तथा कोभेन्ट्री र मिडल्याण्ड क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधि एवं विशिष्ट व्यक्तित्वहरूको सहभागिता थियो।
कार्यक्रम सञ्चालन समाजका महासचिव सुभाषचन्द्र अधिकारीले गरेका थिए। उनको कुशल सञ्चालन र प्रभावकारी समन्वयले कार्यक्रमलाई थप आकर्षक बनाएको सहभागीहरूले बताएका छन्।
नेपाली मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले समाजका उपाध्यक्ष गोविन्द सापकोटाको संयोजनमा परम्परागत पञ्चेबाजाको पूजन तथा प्रदर्शनसमेत गरिएको थियो। उक्त कार्यक्रमले नेपाली सांस्कृतिक पहिचान र परम्पराको महत्त्व उजागर गरेको थियो।
कार्यक्रम व्यवस्थापन, भोजन तथा प्रायोजनको समन्वयमा समाजका उपाध्यक्षहरू, पदाधिकारी तथा अन्य सदस्यहरूले योगदान दिएका थिए।
कार्यक्रममा सहभागी समाजसेवी तथा व्यवसायी दयानिधि सापकोटाले समारोह सफलतापूर्वक सम्पन्न भएकोमा आयोजकलाई बधाई दिँदै अध्यक्ष रमेश कँडेल, सम्पूर्ण कार्यसमिति तथा समाजप्रति आभार व्यक्त गरे।
उनले संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरू तथा पूर्वकार्यसमितिका सदस्यहरूले समाजलाई वर्तमान अवस्थासम्म पुर्याउन गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सामाजिक तथा सांस्कृतिक गतिविधिमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
सापकोटाले बेलायतवासी नेपाली समुदायमा विजया दशमी २०८३ को शुभकामना व्यक्त गर्दै नेपाली कला, संस्कृति र परम्पराको संरक्षणमा यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



