नेपाली साहित्य विकास परिषद् यूके नयाँ कार्यसमिति गठनको तयारीमा


लन्डन- बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेले आगामी नोभेम्बर १ तारिख साधारण सभा तथा नयाँ कार्यसमिति गठन गर्ने भएको छ ।
परिषद्की महासचिव डा. सुधा श्रेष्ठद्वारा प्रेषित विज्ञप्ति अनुसार परिषद्का अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्लको अध्यक्षतामा बसेको सचिवालय बैठकले आगामी नोभेम्बर १ तारिख आइतबार परिषद्को ३० औँ साधारण सभा आह्वान गर्नुका साथै १५औँ कार्यसमिति पुनरगठन गर्ने निर्णय गरेको छ ।
परिषद्को साधारण सभा वेस्ट लन्डनको एक्टनस्थित एबीआई कलेज हलमा दिनको १२ बजेदेखि हुने विज्ञप्तिमा जनाइएको छ ।
बैठकले कार्यसमिति गठन गर्न परिषद्का पूर्व अध्यक्ष हरिसिंह थापाको अध्यक्षतामा पाँच सदस्यीय अध्यक्ष मण्डल गठन पनि गरेको छ ।
अध्यक्ष मण्डलका अन्य सदस्यहरूमा परिषद्का सल्लाहकारहरू मदन थापा, विजय थापा, डा.जनककुमारी धिताल र कृष्ण भट्ट छन् ।
परिषद् कार्यसमितिको कार्यावधि दुई वर्ष हुने गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



