सोमबार, १९ अक्टोबर, २०२६
19:42 | ००:२७

एनपीएलको तेस्रो संस्करणका लागि कीर्तिपुरमा तयारी तीव्र

नेपाली लिङ्क अक्टोबर १९, २०२६

काठमाडौँ–नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिएसँगै काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तयारी तीव्र पारिएको छ। प्रतियोगिता व्यवस्थित रूपमा सञ्चालन गर्न मैदानको स्तरोन्नति, आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम अघि बढाइएको छ।

आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले अघिल्लो संस्करणबाट प्राप्त अनुभवका आधारमा तयारीलाई प्राथमिकता दिएको छ।

यसपटक मैदानको स्तरोन्नति, टिकट व्यवस्थापन र दर्शकका लागि सहज वातावरण निर्माणमा विशेष ध्यान दिइएको छ। प्रतियोगिता व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक तयारीलाई अन्तिम रूप दिने काम भइरहेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू