शुक्रबार, चैत १६, २०८०
09:40 | १५:२५

जोन राइडर एनआरएन यूके र गोर्खाको लोगोसहित बक्सिङ प्रतियोगितामा भिड्ने

नेपाली लिङ्क जनवरी २७, २०२२


लण्डन । आगामी फेब्रुवरी १२ मा हुन गइरहेको एक ब्यवसायिक बक्सिङ प्रतिस्पर्धामा पूर्व डब्ल्यू. बी. सी. सुपर मिडलवेट च्याम्पियन जोन राइडरले एनआरएनए यूके र गोर्खाली समुदायको प्रतिनिधित्व गर्ने भएका छन् । 

बक्सिङको संसारमा उपनाम ‘गोरिल्ला’ भनेर चिनिने जोन राइडर डब्ल्यु. बी. सी. च्याम्पिनयनशिप २०१९ का बिजेता हुन् ।

जोन विश्वकै एक उत्कृष्ट खेलाडी हुन् र विगतमा उनले लसभेगस, अमेरिका तथा ओ टु एरिना, लण्डनकाबक्सिङ गेमहरुमा एनआरएनए यूके र गोर्खा ब्याज लगाएर खेलेका थिए । 

राइडरका पूर्व प्रशिक्षक तथा एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरसंगको सहकार्यमा जोन राइडरले एनआरएनए यूके तथा गोर्खाको प्रतिनिधित्व गर्दै बक्सिङ खेलेका हुन्। 

३३ बर्षीय ब्रिटिश बक्सिङ खेलाडी जोन राइडरले आजसम्म भएका उच्चस्तरीय ३५ प्रतिस्पर्धाहरुमा भाग लिएका छन् । उनी विश्व बक्सिङ च्याम्पियनमा नम्बर १ च्याम्पियनको रुपमा पनि परिचित छन् ।

 विगतमा झैं यसपटक पनि अध्यक्ष गाहा मगरको अनुरोध तथा सहकार्यमा जोनले एनआरएनए यूके र गोर्खाजहरुको प्रतिक चिन्ह लगाएर रिङमा भिड्दैछन् ।

गैरआवासीय नेपाली संघ यूकेले नेपाली समुदायलाई विश्व सामु परिचित गराउने जोन राइडरको योगदानको कदर गर्दै उक्त दिन लाइभमार्फत प्रतिस्पर्धा हेरी हौसला प्रदान गरिदिन अनुरोध गरेको छ । 

लण्डनको प्रसिद्ध अलेक्जेण्डर प्यालेसमा राइडर र बक्सिङमा अर्का चमत्कार ज्याकोबबीच घमासान मुक्केवाजी हुनेछ । 

१२ फेब्रुवरी दिउसो ४ देखि रातिसम्म सो बक्सिङ प्रतियोगिता LIVE on DA ZN (matchroom) च्यानलद्वारा प्रत्यक्ष प्रशारण गरिनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू