सोमबार, २३ नोभेम्बर, २०२६
07:19 | १३:०४

प्रधानमन्त्री शाहद्वारा महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण

नेपाली लिङ्क नोभेम्बर २३, २०२६

नयाँ दिल्ली- भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ दिल्लीस्थित राजघाटमा महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

सो क्रममा प्रधानमन्त्रीले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै गान्धीको जीवन, आदर्श र अतुलनीय योगदानप्रति उच्च सम्मान प्रकट गरे ।

उनले सत्य, शान्ति र अहिंसाका शाश्वत मूल्यप्रतिको दृढ प्रतिबद्धतासमेत व्यक्त गरे ।

प्रधानमन्त्री शाह भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा अहिले भारत भ्रमणमा छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू