शुक्रबार, वैशाख १४, २०८१
08:41 | १३:२६

बेलायत आइपुग्यो बार एसोसिएसनको टोली

नेपाली लिङ्क जनवरी ३१, २०२३


लण्डन- नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे तथा नेपाल बार एसोसिएसनका पूर्व महासचिव वरिष्ठ अधिवक्ता सुनिल कुमार पोखरेल बेलायत आइपुगेका छन् । उनीहरुलाई गैर आवासीय नेपाली संघ यूकेको तर्फबाट बेलायतमा हार्दिक स्वागत गरियो ।

गैर आवासीय नेपाली संघ यूके अध्यक्ष सुनिल खड्का, उपाध्यक्ष नारायणदत्त कंडेल, क्षमता ढकाल लगायतले उनीहरुलाई सोमबार बेलुका हिथ्रो विमानस्थलमा स्वागत गरेका थिए ।

गैर आवासीय नेपालीहरुको नेपालमा रहेको सम्पत्तिको सुरक्षा लगायत एनआरएनहरुको कानूनी तथा संवैधानिक अधिकारका सवालमा आगामी हप्ता मिडल्यान्डमा एक कार्यक्रम गर्न लागिएको संघले जनाएको छ ।

उक्त कार्यक्रममा वरिष्ठ कानूनविद् घिमिरे तथा पोखरेलको विशेष प्रस्तुति रहनेछ ।

उक्त कार्यक्रमको संयोजन गर्न उपाध्यक्ष नारायणदत्त कंडेललाई जिम्मेवारी दिइएको पनि संघले जनाएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू