आइतबार, वैशाख २३, २०८१
04:10 | ०८:५५

नेपाल-इंग्ल्याण्ड फुटबलमा विशेषांक प्रकाशन हुँदै, विज्ञापन र शुभकामना छपाउन अवसर

नेपाली लिङ्क अप्रिल २५, २०२४

लन्डन-नेपाल र इंग्ल्याण्डबीच आगामी मे ६ तारिख हुन लागेको ऐतिहासिक फुटबल खेलका अवसरमा एक विशेषांक प्रकाशन हुने भएको छ।

खेल आयोजक अल्डरसट टाउन फुटबल क्लबले दुई देशबीचको ऐतिहासिक खेलविशेष ‘बुकलेट’ प्रकाशन गर्न लागेको हो।

खेलका बेला रंगशालामा वितरण गरिने उक्त बुकलेटमा इंग्ल्यान्ड र नेपालबीचको पहिलो ऐतिहासिक फुटबल खेलको सन्दर्भ र आवधारणादेखि खेलमा सहभागी दुवै टीम र खेलाडीहरुबारे जानकारी समावेश हुनेछ। 

त्यस्तै, पुस्तिकामा दुवै टीमका प्रशिक्षक एवम् व्यवस्थापकहरुको विचारहरुका साथै एफए र एन्फाका पदाधिकारी, राजदूतलगायतका शुभकामना सन्देशहरु पनि प्रकाशन हुनेछन्।  

यसैबीच, बुकलेटमा व्यक्तिगत वा संस्थागत रुपमा शुभकामना सन्देश छपाउन पनि सकिने भएको छ। खेलका लागि नेपाली समुदायका तर्फबाट संयोजक रहेका कमल कोने गुरुङका अनुसार व्यक्तिगत एवम् संस्थागत शुभकामना तथा व्यवसायिक विज्ञापन दुवै छपाउन मिल्नेछ।

व्यक्तिगत वा संस्थागत शुभकामनाका लागि फुल पेजको १ सय २० पाउन्ड, हाफ पेजको ९० पाउन्ड र वर्गीकृतको ५० पाउन्ड शुल्क लाग्नेछ। वर्गीकृतमा शुभकामना दिने व्यक्तिलाई खेलको एउटा टिकट पनि उपलब्ध गराइनेछ।

बुकलेटमा विज्ञापन छपाउन भने फुल पेजको २ सय ६० पाउन्ड र हाफ पेजको २ सय पाउन्ड लाग्नेछ। यी दुवै खालका विज्ञापन खेलका बेला रंगशालामा डिजिटल बोर्डमा समेत देखाइनेछ भने खेलविशेष एक-एक वटा जर्सी पनि उपलव्ध गराइनेछ।  

बुकलेटमा शुभकामना सन्देश र विज्ञापन छपाउनको लागि यही मंगलबार अप्रिल ३० तारिखभित्रमा निम्नानुसारका संयोजकहरुलाई सम्पर्क गर्न सकिनेछ ।  

दिलरास गुरुङ- 07584 164093

डा. विशाल गुरुङ-07512 612279

विमल गुरुङ-07456 181918

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू