शुक्रबार, वैशाख १४, २०८१
01:06 | ०५:५१

यूकेमा बेपत्ता किरण पुनको खोजी गर्दा प्रहरीले भेट्टायो शव

नेपाली लिङ्क जनवरी १६, २०२३


लन्डन । बेलायतमा डेढ महिनादेखि बेपत्ता किरण पुनको खोजीमा जुटेको बेलायती प्रहरीले एक शव फेला पारेको छ ।

अल्डरसटको ब्रिकफिल्डस् कन्ट्री पार्कमा आइतबार दिउँसो भेटिएको शव किरणकै रहेको हुन सक्ने आशंका प्रहरीले गरेको छ । तर, प्रहरीले उनकै शव भनेर पुष्टि गर्न बाँकी छ ।  

ह्याम्प्शायर प्रहरीले औपचारिक पहिचान हुन बाँकी रहेपनि भेटिएको शव किरणकै रहेको आशंका गरिएको र यसबारे उनको परिवारलाई खबर गरिसकिएको जनाएको छ ।  

बेलायतको वील्सायर एम्सबरी निवासी भूतपूर्व गोर्खा तीर्थबहादुर पुनका ३६ वर्षीय छोरा किरण गत १ डिसेम्बर बिहीबार साढे ७ बजे अल्डरसट रेलवे स्टेशनमा बसबाट ओर्लिएपछि त्यसैदिन ७.३८ बजे बेलुका इष्ट पार्क रोड अल्डरसटमा देखिएका थिए ।

यसबीचमा किरणको हत्या आशंकामा गिरफ्तार भएका सबै  ५ जना नै जमानतमा रिहा भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू