शुक्रबार, १९ डिसेम्बर, २०२५
08:31 | १४:१६

रवि लामिछानेलाई रिहाइ प्रक्रियाका लागि रुपन्देही लगिदै, आजै छुट्ने सम्भावना

नेपाली लिङ्क डिसेम्बर १९, २०२५


काठमाडौँ- सहकारी ठगी प्रकरणमा न्यायिक हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रिहाइको कानुनी प्रक्रिया पूरा गर्न शुक्रबार बिहानै रुपन्देहीका लागि विमानस्थल लगिएको छ।

नख्खु कारागारमा रहेका लामिछानेलाई आज बिहानै भैरहवा लैजान लागिएको हो। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएपछि रुपन्देही जिल्ला अदालतमा उपस्थित गराउन लागिएको हो।

अदालतको आदेश के थियो?

न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले लामिछानेलाई २ करोड ७४ लाख ८० हजार रुपैयाँ धरौटी बुझाएर थुनामुक्त गर्न आदेश दिएको थियो। अदालतले उनलाई रिहा गर्नका लागि मुख्य ५ वटा सर्त समेत राखेको छ:

• बिगो बराबरको धरौटी वा बैंक ग्यारेन्टी बुझाउनुपर्ने।

• अनुसन्धान र अदालती प्रक्रियामा पूर्ण सहयोग गर्नुपर्ने।

• विदेश भ्रमणमा जानुअघि अदालतको अनुमति लिनुपर्ने।

• मुद्दाको अन्तिम फैसला नआएसम्म थप दायित्व बेहोर्न मन्जुरीनामा दिनुपर्ने।

रिहाइ प्रक्रिया

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ताका अनुसार, लामिछानेलाई रुपन्देही जिल्ला अदालतमा पेस गरिनेछ। त्यहाँ धरौटीको कानुनी प्रक्रिया र हस्ताक्षर सम्पन्न भएपछि आजै उनी हिरासतमुक्त हुने सम्भावना छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू