बिहीबार, २९ अक्टोबर, २०२६
20:18 | ०२:०३

दुई अर्ब बढीको क्रिप्टोकरेन्सी कारोबारमा यादव पक्राउ

रासस अक्टोबर २९, २०२६

काठमाडौँ, कात्तिक १२ गते । दुई अर्ब बढीको क्रिप्टोकरेन्सी कारोबारी पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज रु दुई अर्ब १६ करोड एक लाख २० हजार ८२१ बराबरको कारोबारमा संलग्न धनुषाका सुनिलकुमार यादवलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा निजले अमेरिकी डलर दुई करोड ६९ लाख ८१ हजार ३८८ बराबरको क्रिप्टो कारोबार गरेको पाइएको छ ।

यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाको समन्वय पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

निजलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ को दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने) तथा दफा २६२ (क) १ को (अभौतिक मुद्राको प्रयोग गर्न नहुने) अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू