प्रधानमन्त्री कार्कीलाई अमेरिका र चीनले पनि दिए बधाई



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई अमेरिका र चीनले बधाई दिएका छन् । दुई शक्तिशाली मुलुकले आइतबार बेग्लाबेग्लै विज्ञप्तिमार्फत बधाई ज्ञापन गरेका हुन् ।
चिनियाँ विदेश मन्त्रालले कार्कीलाई बधाई दिंदै भनेको छ, ‘चीन र नेपालबीच लामो समयदेखिको मित्रता छ । चीनले सधैँझैँ नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकासको बाटोको सम्मान गर्छ ।’
उता, अमेरिकाले नेपालमा अन्तरिम सरकार गठनको स्वागत गर्दै लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताका निम्ति राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताको प्रशंसा गरेको छ ।
‘यद्यपि, यो दुःखद समयमा हामी नेपालसँग शोकमा साथमै छौँ’, अमेरिकाले भनेको छ, ‘हामी नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देललाई संक्रमण सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनस्र्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान गर्दछौँ ।’
अन्तरिम सरकारले नयाँ निर्वाचनको प्रक्रिया अघि बढाउने क्रममा नेपालसँग सहकार्य गर्न आफू तयार रहेको पनि अमेरिकी प्रतिवद्धता छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५