शुक्रबार, १२ सेप्टेम्बर, २०२५
सुशीला कार्कीलाई सरकार प्रमुख र प्रतिनिधिसभा विघटन गर्न सहमति
नेपाली राजनीतिक इतिहासमा कार्की पहिलो महिला प्रधानमन्त्री



नेपाली लिङ्क
सेप्टेम्बर १२, २०२५
काठमाडौं । प्रतिनिधिसभा विघटन गरि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बेलुकासम्म सरकार प्रमुख बनाउने सहमति जुटेको छ ।
शुक्रबार दिनभर भएको छलफलपछि आन्दोलनरत जेन-जी युवाहरूको मागअनुरूप यस्तो सहमति जुटेको हो ।
राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलका अनुसार शपथ बेलुका ९ बजे हुनेछ । नेपाली राजनीतिक इतिहासमा कार्की पहिलो महिला प्रधानमन्त्री बन्नेछिन् ।
शीतलनिवासमा प्रतिनिधिसभा विघटन निर्णयको मस्यौदा, पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने नियुक्तिपत्रको मस्यौदा गर्ने लगायतका काम भइरहेको बताइएको छ ।
जेनजी पुस्ताको आन्दोलन रापतापमा एकाएक सत्ता बदलिने परिस्थिति बनेको हो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५