बुधबार, १० सेप्टेम्बर, २०२५
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु, हवाई उडान पुनः सुरु



नेपाली लिङ्क
सेप्टेम्बर १०, २०२५
काठमाडौँ । विषम परिस्थितिका कारण अस्थायी रूपमा रोकिएका हवाई उडान आजदेखि पुनः सुचारु भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समितिको बैठकले २०८२ भाद्र २५ गतेदेखि विमानस्थल सञ्चालनमा ल्याउने निर्णय गरेको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको सार्वजनिक सूचनामा विमानस्थलबाट हवाई उडानका लागि यात्रा गर्ने यात्रुहरूले सम्बन्धित विमान कम्पनीसँग सम्पर्क गर्न र समयमै विमानस्थल उपस्थित हुन अनुरोध गरिएको छ।
यात्रुहरूले आधिकारिक हवाई टिकट र परिचयपत्र साथमा ल्याउनुपर्ने पनि प्राधिकरणले स्पष्ट पारेको छ।
विमानस्थल प्राधिकरणले बिहान ३:३० बजेबाट विमानस्थल सञ्चालनमा आइसकेको जानकारी दिएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५