आइतबार, ७ सेप्टेम्बर, २०२५
02:51 | ०७:३६

सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयप्रति पत्रकार महासंघको आपत्ति

नेपाली लिङ्क सेप्टेम्बर ४, २०२५

काठमाडौं । फेसबुक, ट्वीटर (एक्स), युट्युबलगायत सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले बिहीबार जारी गरेको विज्ञप्तिमा नेपालमा दर्ता सूचीकृत नभएका सामाजिक सञ्जाललाई बन्द गर्ने सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको निर्णय प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचनाको अधिकारमाथि प्रत्यक्ष असर पार्ने कदम भएको बताइएको छ।

महासंघले भनेको छ, ‘कुनै विकल्प बिना सामाजिक सञ्जाल बन्द गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सीमामा हस्तक्षेप गर्नु हो। यसले नागरिकको सूचनाको हकसमेत प्रभावित पार्न सक्छ।’

महासंघले सामाजिक सञ्जाल नियमनको पक्षमा आफूहरू रहेको तर त्यसका नाममा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने किसिमको कदमलाई भने स्वीकार गर्न नसकिने स्पष्ट पारेको छ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नागरिकको सूचनाको हक र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै तत्काल सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाउन सरकारसँग जोडदार माग गर्दछौं।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू