बिहीबार, २७ अगस्ट, २०२६
14:52 | १९:३७

ए-स्टार फाइनान्सियल सलुशन्सले राहत तथा उद्धार कार्यमा एक लाख सहयोग गर्ने घोषणा

नेपाली लिङ्क अगस्ट २७, २०२६

लन्डन — नेपालको रसुवास्थित भोटेकोशी नदीमा बुधबार (२६ अगस्ट २०२६) बिहान आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति ए-स्टार परिवारले गहिरो दुःख व्यक्त गरेको छ।

ए-स्टार परिवारले बाढीमा परी ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बाढीमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सबैले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्नेमा ए-स्टार परिवारले जोड दिएको छ।

राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले ए-स्टार फाइनान्सियल सलुशन्सले नेपाली रुपैयाँ एक लाख सहयोग गर्ने घोषणा गरेको छ।

उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिधै जम्मा गरी सो को जानकारी लन्डनस्थित नेपाली दूतावासलाई गराइएको ए-स्टार फाइनान्सियल सलुशन्सका प्रबन्ध निर्देशक मिन दर्लामीले बताए।

उनले नेपाली दूतावाससंग समन्वय गरी सिधै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग जम्मा गर्न पनि अपिल गरे। “विगतमा जस्तै यस पटक पनि मन खोलेर सक्दो सहयोग गर्न हामी अपिल गर्दछौं,” उनले भने।

ए-स्टार परिवारले यसअघि पनि नेपालमा गएको महाभूकम्प तथा कोभिड–१९ महामारीलगायतका विपद्का समयमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्दै आएको स्मरण गरेको छ।

ए-स्टार फाइनान्सियल सलुशन्स, ए-स्टार मोर्गेजेज यूके तथा ए-स्टार रियल इस्टेट्स यूकेको तर्फबाट प्रबन्ध निर्देशक मिन दर्लामीले दुःखको यस घडीमा बेलायतस्थित नेपाली समुदाय तथा नेपालका मित्रहरूलाई आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न आग्रह गरेका छन्।

दर्लामीले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत, उद्धार र पुनर्स्थापनाका लागि सामूहिक प्रयास र मानवीय सहयोग आवश्यक रहेको पनि बताए।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्न

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू