बिहीबार, ४ डिसेम्बर, २०२५
20:53 | ०२:३८

प्रधानमन्त्रीले डाकिन् सर्वपक्षीय बैठक

रासस डिसेम्बर ४, २०२५

काठमाडौँ, मंसिर १८, २०८२–प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उनले शुक्रबार अपराह्न ४ बजेका लागि सर्वपक्षीय बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीले बैठकमा जेन-जी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत निर्वाचनसम्बन्धी निकायलाई पनि आह्वान गरेकी छन् । आगामी फागुन २१ गतेको निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकावाला पक्षसँग निरन्तर छदफल गर्दै आएको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ । कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, रास्वपालगायत साना तथा मधेस केन्द्रित दलले निर्वाचन केन्द्रित गतिविधि अगाडि बढाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू