सोमबार, ८ सेप्टेम्बर, २०२५
जेन जी प्रदर्शन उग्र बन्यो, प्रहरीको गोलीबाट १४ जनाको मृत्यु



नेपाली लिङ्क
सेप्टेम्बर ८, २०२५
काठमाडौँ, भदौ २३ गते- काठमाडौँमा भएको जेन जी प्रदर्शनका क्रममा १४ जनाको मृत्यु भएको छ।
ट्रमा सेन्टरमा मात्रै छ जनाको मृत्यु भएको उपचारमा संलग्न चिकित्सक डा. दिपेन्द्र पाण्डेले जानकारी दिए ।
यसबाहेक सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।
ट्रमा सेन्टरका चिकित्सकका अनुसार २५ जनाभन्दा बढी घाइते आकस्मिक कक्षमा उपचाररत छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र लगातार शल्यक्रिया तथा उपचार भइरहेको छ।
मेडिकल कलेजमा उपचारमा रहेका दुई जनाको अवस्था गम्भीर रहेको चिकित्सक नारायण दाहालले जानकारी दिए । उनका अनुसार घाइते थपिने क्रम जारी छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५