‘जेन जी’ प्रदर्शनमा प्रहरीको गोलीबाट एकजनाको मृत्यु, कर्फ्यूपछि पनि रोकिएनन् युवा




तस्विर: नेपाल फोटो लाईब्रेरी
काठमाडौं- सोमबार काठमाडौंमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।
घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीले घाइतेमध्येका एक जनाको मृत्यु भएको र ७०–८० जना घाइते उपचाररत रहेको जानकारी दिएका छन् ।
मृतकबारे विस्तृत विवरण आउन बाँकी छ ।
कर्फ्यूपछि पनि प्रदर्शन जारी
यसैबीच, प्रदर्शन चर्किएपछि सरकारले प्रदर्शनकारीमाथि प्रहरीले प्रहार गरेको गोलीबाट एक जनाको मृत्यु भएपछि बानेश्वर क्षेत्र थप तनावग्रस्त भएको छ ।
सरकारले कर्फ्यू घोषणा गरेपनि प्रभावहीन देखिएको छ । कर्फ्यू लाग्नु अघिको तुलनामा अहिले प्रदर्शनकारीहरूले आक्रोशित हुँदै प्रदर्शन गरिरहेका छन् ।
संसद् परिसर भित्रबाट प्रहरीले बारम्बार अश्रुग्यास, रबरको गोली, पानीको फोहोरा र इट्टासमेत प्रहार गरिरहेको छ । प्रदर्शनकारीले बानेश्वर चोक कुनामा रहेको संसद् भवन परिसरमा बारम्बार आगजनीको प्रयास गरेका छन् ।भागदौडमा कतिपय घाइते भएका छन् ।
भष्ट्राचार र कुशासनविरुद्ध चर्का नारावाजी गर्दै माइतीघरबाट शुरु भएको हजारौं युवाहरुको समूह सुरक्षा घेरा तोड्दै नयाँ बानेश्वरस्थित संसद भवन हाताभित्र पुगेपछि तनाव चर्किएको थियो ।
स्थिति नियन्त्रण बाहिर गएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले विभिन्न संवेदनशील क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।
बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्वमिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखी दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कफ्र्यु जारी गरेको छ।
यस्तै प्रशासनले राष्ट्रपति कार्यालय महाराजगन्ज, उपराष्ट्रपति निवास लैनचौर, सिंहदरबारको चारैतिर, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि कफ्र्यू थप गरेको छ। कफ्र्यू जारी भएका क्षेत्रमा सेना परिचालन समेत गरिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५