पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश



काठमाडौँ- पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न विशेष अदालतले आदेश दिएको छ।
बुधबार विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छोड्ने आदेश दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ गते नेपालसहित ९३ जनाविरुद्ध पतञ्जली जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
म्याद तामेलीपछि पूर्वप्रधानमन्त्री नेपाल आज बिहान अदालतमा आफैँ उपस्थित भएका थिए। मुद्दामा आज दुवै पक्षका पाँच–पाँच जना कानुनी प्रतिनिधिहरूले बहस गरेका थिए।
अख्तियारले दायर गरेको अभियोगपत्रमा पूर्वप्रधानमन्त्री नेपालमाथि १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ । उनलाई पतञ्जली योगपीठको नाममा हदबन्दी मिचेर जग्गा खरिदमा छुट दिने निर्णय गरेर अनियमितता गरेको अभियोग लागेको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५