सोमबार, जेठ २७, २०८२
राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाई भेट


रासस
जुन ८, २०२५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेकी गणतन्त्र इजिप्टकी राजदूत नोहा हम्दी अहमेद एलजेब्लीले आज बिदाई भेट गरेकी छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले राजदूत एलजेब्लीलाई सफलतापूर्वक कार्यकाल पूरा गरेकामा कृतज्ञता ज्ञापन गरेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ