बिहीबार, जेठ २३, २०८२
बालेननिकट काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे निलम्बित


नेपाली लिङ्क
जुन ३, २०२५
काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रहरी बल प्रमुख राजु पाण्डे निलम्बनमा परेका छन्।
महानगरका कार्यकारी प्रमुख सरोज गुरागाईँले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका हुन्।
यसअघि प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए। गत चैत २१ गते कार्यालयमा हाजिर हुने क्रममा हुलहुज्जत गरेको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधिएको थियो। तर, पाण्डेले चित्तबुझ्दो जवाफ नदिएपछि ६ महिनाका लागि निलम्बन गरिएको जनाइएको छ।
महानगर उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई उपेक्षा गर्दै आएको पाण्डेमाथि आरोप छ। उनीमाथि महानगरका प्रमुख बालेन्द्र शाहको पक्षमा वकालत गर्दै आएको आरोप पनि लाग्ने गरेको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५