गणतन्त्र दिवसकै दिन काठमाडौंमा शुरु भयो राजतन्त्र पक्षधरको आन्दोलन


काठमाडौं- गणतन्त्र दिवसकै दिन बिहीबारदेखि काठमाडौंमा राजतन्त्र पक्षधरको आन्दोलन शुरु भएको छ ।
नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ को आह्वानमा बिहीबारदेखि काठमाडौंमा शुरु ‘जनआन्दोलन’ अब निरन्तर गरिने जनाइएको छ ।
सुवेदी नेतृत्वको समितिले गरेको आन्दोलनलाई राप्रपा, राप्रपा नेपाललगायत दल तथा समूहहरूले पनि समर्थन जनाएका छन्।
काठमाडौंको रत्नपार्क केन्द्रित आन्दोलनमा हजारौंको सहभागिता थियो । आन्दोलनमा संयोजक सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेताहरु पनि सहभागी भए । यसअघि विभिन्न ठाउँबाट र्यालीसहित उनीहरू रत्नपार्क आइपुगेका थिए।
राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना, संघीयता खारेजीलगायत एजेन्डा लिएर शुरु भएको आन्दोलन गणतन्त्र नढलेसम्म जारी राखिने नेताहरुले बताएका छन्।
यो आन्दोलनलाई दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले समर्थन नगर्ने जनाएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५