शुक्रबार, जेठ १७, २०८२
01:48 | ०६:३३

इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेको घट्नामा दोषी आफताबले पाए सफाइ

रासस मे २८, २०२५

काठमाडौं । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जबाट सफाइ पाएका नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलम बुधबार रिहा भएका छन् ।

नक्खु कारागारमा रहेका उनलाई परिवारको जिम्मा लगाएर रिहा गरिएको कारागारका जेलर भीमराज कोइरालाले जानकारी दिए ।

यसअघि आलममाथि जिल्ला अदालत रौतहटले राजपुर बम काण्ड तथा त्यसपछि भएको व्यक्ति हत्यामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।

जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालतले आजै आलमलाई सफाइ दिएको थियो । उच्च अदालत वीरगञ्ज इजलासका न्यायाधीशहरू डा. खुसीराम थारू र अर्जुन महर्जनको इजलासले सुनुवाइपछि आलमलाई सफाइ दिने फैसला सुनाएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू