परराष्ट्रमन्त्री डा. राणासंग विश्व नेताहरुको भेट


काठमाडौँ, जेठ ३ गते। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव इन्द्रमणि पाण्डेले शनिबार शिष्टाचार भेटवार्ता गरेका छन् ।
सगरमाथा संवादमा सहभागी हुन काठमाडौँ आएका उनले आज यहाँ मन्त्री डा राणासँग ‘साइडलाइन’ भेट गरेका हुन् ।
त्यस अवसरमा बिम्स्टेकसँग नेपालले जलवायु परिवर्तनका क्षेत्रमा गर्न सकिने सहकार्य र समन्वयबारे कुराकानी भएको थियो। मन्त्री डा. राणाले बिम्स्टेकका उद्देश्य र सिद्धान्तप्रति नेपालको प्रतिबद्धता दोहो¥याइन्।
यसैगरी मन्त्री डा. राणासँग किर्गीस्थानका राष्ट्रपतिका विशेष दूत दिनारा कामेलोभाले पनि आज शिष्टाचार भेटवार्ता गरे ।
सगरमाथा संवादका लागि नेपालमा रहेकी दिनाराले मन्त्री डा राणासँग आज होटल सोल्टीमा शिष्टाचार भेटवार्ता गरेकी हुन् । भेटका क्रममा मन्त्री डा. राणाले उनलाई सगरमाथा संवादमा सहभागिताका लागि धन्यवाद ज्ञापन गरिन् ।
उक्त भेटमा किर्गीस्थान र नेपालको द्विपक्षीय सम्बन्धका साथै पर्यटन, कृषि, जलविद्युतलगायत क्षेत्रमा गर्न सकिने सहकार्यका बारेमा कुराकानी भएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५