बिहीबार, वैशाख २०, २०८१
05:24 | १०:०९

भारतीय अभिनेत्री पुनम पाण्डेको निधन

नेपाली लिङ्क फ्रेब्रवरी २, २०२४

लन्डन-भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेको निधन भएको छ।

शुक्रबार बिहान उनको इन्स्टाग्राममार्फत निधन भएको जानकारी दिइएको हो। ३२ वर्षको उमेरमा उनको क्यान्सरबाट निधन भएको जनाइएको छ।

‘आजको बिहानी हाम्रा लागि कठिन छ। पाठेघरको मुखको क्यान्सरका कारण हामीले हाम्री प्यारी पुनमलाई गुमाएको जानकारी गराउँदा दुःख लागेको छ’ उनको इन्स्टाग्राममा लेखिएको छ, ‘उहाँको सम्पर्कमा आउने जो कोहीलाई पनि उहाँलाई मायाले भेट्नुभयो। शोकको समयमा हामी गोपनियता कायम गर्न अनुरोध गर्दछौं।’

उनले सन् २०१३ मा फिल्म ‘नशा’ बाट बलिउड डेब्यू गरेकी थिइन्। उनले ‘मालिनी एन्ड को’, ‘आ गया हिरो’, ‘गलती सिर्फ तुम्हारी’, ‘द जर्नी अफ कर्मा’ लगायत फिल्ममा अभिनय गरेकी छन्। 

उनी पछिल्लो समय कंगना रनावतले होस्ट गरेको रियालिटी शो ‘लकअप’ मा देखिएकी थिइन्। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू