शुक्रबार, १६ अक्टोबर, २०२६
22:20 | ०३:०५

बेलायतमा कार्यरत नेपाली अकाउन्टेन्टहरुले चुने नयां नेतृत्व, अध्यक्ष बने ढुंगाना

नेपाली लिङ्क अक्टोबर १६, २०२६

नवनिर्वाचित अध्यक्ष सुरेन्द्र ढुंगाना

लन्डन । बेलायतमा कार्यरत नेपाली अकाउन्टेन्टहरुको संस्था नेपलिज अकाउन्टेन्ट एसोसिएसन यूकेको नेतृत्व परिवर्तन भएको छ ।

गत १० अक्टोबरमा सम्पन्न संस्थाको वार्षिक साधारण सभाले सुरेन्द्र ढुंगानाको अध्यक्षतामा नयां कार्यसमिति चयन गरेको हो । सबै पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका हुन्।

एसोसिएसनको उपाध्यक्षमा युवराज न्यौपाने र सन्जीव सुवेदी, महासचिवमा इन्द्र गिरी, बोर्ड सेक्रेटरी कृष्ण भट्टराई र कोषाध्यक्ष किरण अधिकारी निर्वाचित भएका छन् ।

त्यसैगरि, रिसर्च एण्ड प्रोफेशनल डेभलप्मेन्ट कमिटी कोअर्डिनेटर जनकराज पोखरेल निर्वाचित भएका छन् भने रिकग्निसन कमिटी कोअर्डिनेटर प्रकाश ढुंगाना, फण्ड रेजिङ एण्ड सोसल/नेटवर्किङ इभेन्ट्स अर्गनाइजिङ कमिटी कोअर्डिनेटरमा सन्तोषराज पाण्डे एवं अर्गनाइजेसन/मेम्बर कमिटी कोअर्डिनेटरमा पद्म आचार्य चुनिएका छन् ।

निर्वाचन प्रक्रिया पद्म आचार्य र यदु अर्यालले सञ्चालन गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष सुरेन्द्र ढुंगानाले अहिले बोर्ड सदस्य निर्वाचित गरिएपनि पहिलो बोर्ड बैठकमार्फत करिब १५ जना समिति सदस्य र ४–५ जना सल्लाहकारहरू मनोनयन गर्ने सोच रहेको बताए ।

एसोसिएसन सन् २०१८ मा स्थापना भएको हो जसका करिब ३५० सदस्य छन्।

सरोज सापकोटा सन् २०१८ देखि २०२३ सम्म संस्थापक अध्यक्ष थिए भने शशीधर नेपालले सन् २०२३ देखि २०२६ सम्म अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू