शुक्रबार, वैशाख २१, २०८१
02:14 | ०६:५९

एसिसी यु–१९ विजेता नेपाली खेलाडीलाई प्रधानमन्त्रीले दिए बधाई

रासस अक्टोबर २४, २०२३

काठमाडौँ, ७ कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिसी यु–१९ प्रिमियर कपका विजेता खेलाडीलाई बधाई दिएका छन् ।

खेलाडीको उत्कृष्ट प्रदर्शनप्रति धन्यवाद दिँदै उनले नेपाली क्रिकेट टोलीले गर्विलो उपाधि जित्न सकेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

मलेसियाको क्वालालाम्पुरमा आज भएको एसिसी प्रिमियर कपको अन्तिम प्रतिस्पर्धामा नेपाली खेलाडीले युएईलाई पराजित गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू