शुक्रबार, चैत १६, २०८०
12:43 | १८:२८

९४ वर्षीया बेलायती महारानी र ९९ वर्षीय प्रिन्स फिलिपले लगाए कोभिड खोप

नेपाली लिङ्क जनवरी ९, २०२१

लन्डन । बेलायतकी महारानी एलिजावेथ द्वीतीयाले पनि कोभिड खोप लगाएकी छन् । ९४ वर्षीया महारानी र उनका ९९ वर्षका पति प्रिन्स फिलिपले शनिबार कोभिड खोपको पहिलो डोज लिएको बकिङहम प्यालेसले जनाएको छ ।

लकडाउनका बेला महारानी दम्पति बस्दै आएको ‘विन्डसोर क्यासल’ मै उनीहरुले खोप लिएको जनाइएको छ ।  

बेलायतमा कोभिडविरुद्धको खोप गत महिनादेखि  नै वितरण शुरु गरिएपनि महारानी र प्रिन्स फिलिपले आफ्नो पालो पर्खिएरै खोप लगाएका हुन् । खोपका लागि बेलायत सरकारले निर्धारण गरेको प्राथमिकताअनुसार ८० वर्षमाथिको उमेर समूहको पालोमा उनीहरुले खोप लिएका हुन् ।

सामन्यत: बेलायतमा  राजापरिवारका सदस्यहरुको स्वास्थ्य अवस्थाबारे कुनै सूचना सार्वजनिक गर्ने प्रचलन छैन । तर कोभिड खोपका विषयमा सर्वसाधारणमा कुनै आशंका र अन्योल बाँकी नरहोस् भन्ने उद्धेश्यले महारानी आफैले  खोप लगाएको सूचना सार्वजनिक गर्न चाहेको बकिङहम प्यालेसले जनाएको छ ।  

बेलायतमा फाइजर-बायोनटेक र अक्सफोर्ड-एक्सट्राजेनेका खोपको आम वितरण शुरु भइसकेको छ । यहां हालसम्म १५ लाख बढीले कोभिड खोपको पहिलो डोज लिइसकेका छन् ।  

यो पनि पढौं : बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८० हजार नाघ्यो

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू