शनिबार, वैशाख १५, २०८१
21:58 | ०२:४३

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८० हजार नाघ्यो

२४ घन्टामा थप एक हजार ३५ जनाको मृत्यु

नेपाली लिङ्क जनवरी ९, २०२१

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८० हजार नाघेको छ । शनिबार सार्वजनिक तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा थप एक हजार ३५ जनाको मृत्यु भएसंगै कुल मृतक संख्या ८० हजार ८६८ पुगेको हो ।

यसैगरी पछिल्लो २४ घन्टामा थप ५९ हजार ९३७ जना नयाँ संक्रमित थपिएको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयरले जानकारी दिएको छ । यससंगै बेलायतमा कोरोना संक्रमितको संख्या ३० लाख १७ हजार ४०९ पुगेको छ ।

बेलायतमा एकहप्ता अघिदेखि संक्रमित हुनेको संख्या लगातार ५० हजार भन्दा बढी रहँदै आएको छ । बेलायतका अस्पतालमा हाल उपचार गराइरहेका संक्रमितको संख्या ३२ हजार नाघेको छ ।

जसमध्ये तीन हजारभन्दा बढीको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ । कोरोना संक्रमण बढेसंगै बेलायतमा हाल फाइजर र अक्सफोर्डद्वारा विकसित खोप वितरण कार्य जारी छ । हालसम्म १५ लाख भन्दा बढीले खोपको पहिलो डोज लगाइसकेका छन् भने केहिले खोपको दोस्रो डोज पनि लगाइसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू