आइतबार, ८ नोभेम्बर, २०२६
12:25 | १८:१०

बेलायतवासी सर्जक राजेश ‘एकल’को नयाँ गीत ‘लम्क लम्क’ सार्वजनिक

नेपाली लिङ्क नोभेम्बर ८, २०२६

लन्डन- लामो समयदेखि बेलायतमा बस्दै आएका सर्जक राजेश ‘एकल’को शब्द तथा संगीतमा नयाँ गीत सार्वजनिक भएको छ ।

देशभक्ति, राष्ट्रिय एकता र नेपाली पहिचानको भावनालाई समेटिएको ‘लम्क लम्क’ बोलको गीत हालै सार्वजनिक भएको हो।

राजेश एकलको शब्दमा गायक सञ्जय खड्गी र गायिका प्राश्ना शाक्यले स्वर दिएका छन्।

म्युजिक नेपालको स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ प्रकाश खरेलले गरेका छन्।

एआइ प्रविधि प्रयोग गरी गीतको म्यूजिक भिडियो समेत तयार गरिएको छ।

आधुनिक प्रविधि र देशभक्तिपूर्ण संगीतको संयोजन गरिएको यस गीतले दर्शक तथा श्रोताको मन जित्ने अपेक्षा सर्जकको छ।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू