बुधबार, वैशाख १२, २०८१
10:45 | १५:३०

गौतम बुद्ध कप क्रिकेट: राप्ती फाइनलमा

रासस डिसेम्बर १३, २०२०


भरतपुर । गौतम बुद्ध कप क्रिकेट प्रतियोगितामा वाग्मतीलाई पराजित गर्दै राप्ती फाइनलमा पुगेको छ । चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना मैदानमा आज भएको खेलमा राप्तीले वाग्मतीलाई ११ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

एक सय ३० रनको लक्ष्य पछ्याएको वाग्मतीले १९.४ ओभरमा ११८ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो । वाग्मतीका सोमपाल कामीले सर्वाधिक ३५ रन बनाए । यस्तै अनिल शाहले २२ रन, रोहित पौडेल र ज्ञानेन्द्र मल्लले समान १३-१३ रन बनाउँदा सुनिल धमलाले ११ रन मात्र बनाउन सफल भए ।

राप्तीका कमलसिंह ऐरी, अविनास बोहरा र वसन्त कार्कीले समान दुई-दुई विकेट लिए । राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनाएको थियो । राप्तीको लागि अमित श्रेष्ठले सर्वाधिक २६, शरद भेसावकर र विनोद भण्डारीले समान २१, कमल ऐरीले १६ तथा लोकेश बमले १५ रन बनाए । कुशल भुर्तेलले तीन, हरि चौहानले पाँच रन मात्रै बनाउन सफल भए । जितसँगै राप्ती एक खेलअघि नै फाइनलमा प्रवेश गरेको छ । पराजित भएपछि वाग्मती भने प्रतियोगिताबाटै बाहिरिएको छ ।

यसअघि हिजो भएको खेलमा वाग्मती टिमलाई नारायणीले सुपर ओभरमा पराजित गरेको थियो । अब राप्तीले फाइनलमा मङ्गलबार नारायणी टिमसँग भिड्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू