बुधबार, फागुन १९, २०७७
02:22 | ०८:०७

पूर्वयुवराज पारस अस्वस्थ, छातीमा समस्या

होटलमै इसिजी गरिँदै

रासस नोभेम्बर २५, २०२०

चितवन । काठमाडौं । पूर्वयुवराज पारस शाहको छातीमा समस्या आएपछि अस्वस्थ भएका छन् । नारायणगढस्थित एक होटलमा मङ्गलबार साँझ आएर बसेका शाहलाई आज साँझबाट छातीमा समस्या देखिएको हो ।

शाह बिरामी भएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा श्यामराज रेग्मीसहितको चिकित्सक टोलीले परीक्षण शुरु गरेको छ ।

रेग्मीका अनुसार, उनलाई होटलमै इसिजी गरिँदै छ । यसैगरी रगत परीक्षण गर्न लागिएको रेग्मीले जानकारी दिए ।

रेग्मीले भने “उहाँको स्वास्थ्य परीक्षण गरेर इसिजीलगायत परीक्षणका लागि हामी अस्पताल आएका छौँ । उहाँको अवस्थाका बारेमा केही बेरपछि भन्न सकिन्छ ।” इसिजी र रगत परीक्षणको नतिजा आएपछि छातीको समस्याबारे यकिन हुने उनले जानकारी दिए ।

रेग्मीका अनुसार शाहमा मुटुसम्बन्धी पुरानै समस्या थियो । सोही समस्या बल्झिएको अनुमान चिकित्सकले गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू