शुक्रबार, वैशाख १४, २०८१
01:36 | ०६:२१

कुर्सीबाट लडेर पूर्व गाविस अध्यक्षको मृत्यु

रासस नोभेम्बर २२, २०२०

दाङ । दाङमा कुर्सीबाट लडेर पूर्व गाविस अध्यक्षको मृत्यु भएको छ । शनिबार साँझ ५ बजेतिर कुर्सीबाट लडेर गम्भीर घाइते भएका तत्कालीन उरहरी गाविस अध्यक्ष रेशमबहादुर भण्डारीको उपचारका क्रममा राति ११ बजेतिर मृत्यु भएको हो ।

कुर्सीबाट लडेर टाउकोमा गम्भीर चोट लागेका तुल्सीपुर उपमहानगरपालिका–११ निवासी ७६ वर्षीय भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा सामान्य उपचारपछि भैरहवामा थप उपचार हुँदै गर्दा मृत्यु भएको हो । उनको टाउकोमा आन्तरिक रक्तस्राव भएको थियो । 

भण्डारी विगत लामो समयदेखि अस्वस्थ रहँदै आएको तुलसीपुर–११ का वडा सदस्य सुवास डाँगीले बताए ।

साविक उरहरी गाविसको अध्यक्ष भएका भण्डारी उरहरी गाउँ पञ्चायतको प्रधानपञ्चसमेत भएका थिए । उनले  करिब दुई दशक गाउँ प्रमुखका रुपमा काम गरेको डाँगीले बताए   

भण्डारीले नेपाली कांग्रेसको तत्कालीन दाङ क्षेत्र नं ४ को सभापति, अमर मावि उरहरीका अध्यक्ष भएरसमेत काम गरेका थिए । उनका चार छोरा छन्   

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू