शुक्रबार, २ अक्टोबर, २०२६
06:06 | १०:५१

चितवनका ६० चेपाङ परिवारलाई क्याट यूकेको राहत

नेपाली लिङ्क अक्टोबर १९, २०२०

लण्डन । चितवन एड ट्रस्ट (क्याट) यूकेले चितवनका  ६० चेपाङ परिवारलाई राहत वितरण गरेको छ ।

नेपाली वेल्फेयर सोसाइटी (न्यूज) यूकेसँगको सहकार्यमा क्याटले कालिका नगरपालिका १० र ११ वडा सिद्धिस्थित चेपाङ बस्तीमा राहत वितरण गरिएको अध्यक्ष जीवन सेनले जानकारी दिए  ।

आइतबार राहत वितरणका अवसरमा भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा प्रमुख अतिथि सांसद कृष्णभक्त पोख्रेलले महामारीका  बेला विदेशमा बस्ने नेपालीहरुले मातृभूमि  सम्झिएर पठाएको सहयोग प्रशंसायोग्य रहेको धारणा व्यक्त गरे ।  

गैरआवासीय नेपालीहरुको नागरिकताका लागि संविधानमै व्यवस्था भइसकेको उल्लेख गर्दै विदेशमा सिकेको ज्ञान, सीप समेत देशको आर्थिक रुपान्तरणका लागि आवश्यक रहेको बताए ।  

क्याट यूके अध्यक्ष जीवन सेनले सधैं जिविकोपार्जनकै समस्यासँग जुध्न बाध्य चेपाङ समुदायलाई दशैंको मुखमा सक्दो सहयोगको प्रयास गरिएको बताए ।  राहत वितरणको संयोजन गर्ने नेपाली वेल्फेयर सोसाइटी यूके र अध्यक्ष धन सार्कीसहितको टीमलाई उनले आभार प्रकट गरे ।

प्रदेश सांसद  माननिय बलराम पौडेल, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ लगायतका वक्ताले  क्याट यूकेle गर्दै परोपकारी कामहरूको प्रशंसा गरे ।

कार्यक्रममा नेपाली वेल्फेयर सोसाइटी यूकेका अध्यक्ष तथा एनआरएन यूके  कार्यसमितिका सदस्य धन बहादुर सार्की, उपेक्षित, उत्पिडित र दलित वर्ग  उत्थान विकास  समितिका कार्यकारी निर्देशक डा बुद्धि नेपाली, एनआरएनए आइसीसी सदस्यहरु रामशरण सिम्खडा र योगकुमार फगामी, एनआरएनए इङ्ल्यान्ड  राज्य समन्वय समिति अध्यक्ष दिपक श्रेष्ठ लगायतले पनि आफ्नो मन्तव्य राख्दै क्याट यूकेको सहयोगको प्रशंसा गरेका थिए ।  

त्यसअवसरमा कालिका नगरपालिकाका मेयर खुम नारायण श्रेष्ठ, नेकपा  नेता रामध्वज डल्लाकोटी, नेकपा कालिका नगरपालिका अध्यक्ष सविता लामा, वडाध्यक्षहरु दिलबहादुर गुरुङ र कृष्ण बहादुर प्रजा, नेकपा कालिका १० का अध्यक्ष रमेश तामाङ लगायतको सहभागिता थियो ।  

त्यसैगरी, एनआरएनए आइसीसी सदस्य नारायण सुवेदी, क्याट यूकेका पूर्व अध्यक्षहरू कपिल श्रेष्ठ, हिमाल गुरुङ, राजेन्द्र खरेल, देवेन्द्र श्रेष्ठसहित सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारी, बेलायतस्थित अन्य नेपाली संघसंस्थाका प्रतिनिधि र पत्रकारहरुक पनि कार्यक्रममा सहभागी थिए ।  

कार्यक्रमको पहिलो चरण एनआरएनए यूके सचिव जीत रानाभाटले र दोस्रो चरण क्याट यूके महासचिव टिएन रिजालले संचालन गरेका थिए ।  क्याट यूके उपाध्यक्ष पार्वती पाण्डेले स्वागत मन्तव्य राखेकी थिइन् भने अर्का उपाध्यक्ष सालिक सापकोटाले उपस्थित र सहयोगदाता सबैलाई धन्यवाद ज्ञापन गरे ।  

नेपाली वेल्फेयर सोसाइटी यूकेले ‘बाँचौं र बचाऔँ’ अभियानअन्तर्गत  बेलायतका विभिन्न नेपाली संघसंस्थासँग मिलेर  महामारी शुरु भएयता नेपालमा १८ जिल्लाका ९ सय ८ परिवारलाई राहत  बांडेको अध्यक्ष सार्कीले बताएका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू