शुक्रबार, चैत १६, २०८०
02:01 | ०७:४६

चितवनका ६० चेपाङ परिवारलाई क्याट यूकेको राहत

नेपाली लिङ्क अक्टोबर १९, २०२०

लण्डन । चितवन एड ट्रस्ट (क्याट) यूकेले चितवनका  ६० चेपाङ परिवारलाई राहत वितरण गरेको छ ।

नेपाली वेल्फेयर सोसाइटी (न्यूज) यूकेसँगको सहकार्यमा क्याटले कालिका नगरपालिका १० र ११ वडा सिद्धिस्थित चेपाङ बस्तीमा राहत वितरण गरिएको अध्यक्ष जीवन सेनले जानकारी दिए 

आइतबार राहत वितरणका अवसरमा भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा प्रमुख अतिथि सांसद कृष्णभक्त पोख्रेलले महामारीका  बेला विदेशमा बस्ने नेपालीहरुले मातृभूमि  सम्झिएर पठाएको सहयोग प्रशंसायोग्य रहेको धारणा व्यक्त गरे ।  

गैरआवासीय नेपालीहरुको नागरिकताका लागि संविधानमै व्यवस्था भइसकेको उल्लेख गर्दै विदेशमा सिकेको ज्ञान, सीप समेत देशको आर्थिक रुपान्तरणका लागि आवश्यक रहेको बताए ।  

क्याट यूके अध्यक्ष जीवन सेनले सधैं जिविकोपार्जनकै समस्यासँग जुध्न बाध्य चेपाङ समुदायलाई दशैंको मुखमा सक्दो सहयोगको प्रयास गरिएको बताए ।  राहत वितरणको संयोजन गर्ने नेपाली वेल्फेयर सोसाइटी यूके र अध्यक्ष धन सार्कीसहितको टीमलाई उनले आभार प्रकट गरे ।

प्रदेश सांसद  माननिय बलराम पौडेल, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ लगायतका वक्ताले  क्याट यूकेle गर्दै परोपकारी कामहरूको प्रशंसा गरे ।

कार्यक्रममा नेपाली वेल्फेयर सोसाइटी यूकेका अध्यक्ष तथा एनआरएन यूके  कार्यसमितिका सदस्य धन बहादुर सार्की, उपेक्षित, उत्पिडित र दलित वर्ग  उत्थान विकास  समितिका कार्यकारी निर्देशक डा बुद्धि नेपाली, एनआरएनए आइसीसी सदस्यहरु रामशरण सिम्खडा र योगकुमार फगामी, एनआरएनए इङ्ल्यान्ड  राज्य समन्वय समिति अध्यक्ष दिपक श्रेष्ठ लगायतले पनि आफ्नो मन्तव्य राख्दै क्याट यूकेको सहयोगको प्रशंसा गरेका थिए ।  

त्यसअवसरमा कालिका नगरपालिकाका मेयर खुम नारायण श्रेष्ठ, नेकपा  नेता रामध्वज डल्लाकोटी, नेकपा कालिका नगरपालिका अध्यक्ष सविता लामा, वडाध्यक्षहरु दिलबहादुर गुरुङ र कृष्ण बहादुर प्रजा, नेकपा कालिका १० का अध्यक्ष रमेश तामाङ लगायतको सहभागिता थियो ।  

त्यसैगरी, एनआरएनए आइसीसी सदस्य नारायण सुवेदी, क्याट यूकेका पूर्व अध्यक्षहरू कपिल श्रेष्ठ, हिमाल गुरुङ, राजेन्द्र खरेल, देवेन्द्र श्रेष्ठसहित सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारी, बेलायतस्थित अन्य नेपाली संघसंस्थाका प्रतिनिधि र पत्रकारहरुक पनि कार्यक्रममा सहभागी थिए ।  

कार्यक्रमको पहिलो चरण एनआरएनए यूके सचिव जीत रानाभाटले र दोस्रो चरण क्याट यूके महासचिव टिएन रिजालले संचालन गरेका थिए ।  क्याट यूके उपाध्यक्ष पार्वती पाण्डेले स्वागत मन्तव्य राखेकी थिइन् भने अर्का उपाध्यक्ष सालिक सापकोटाले उपस्थित र सहयोगदाता सबैलाई धन्यवाद ज्ञापन गरे ।  

नेपाली वेल्फेयर सोसाइटी यूकेले ‘बाँचौं र बचाऔँ’ अभियानअन्तर्गत  बेलायतका विभिन्न नेपाली संघसंस्थासँग मिलेर  महामारी शुरु भएयता नेपालमा १८ जिल्लाका ९ सय ८ परिवारलाई राहत  बांडेको अध्यक्ष सार्कीले बताएका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू