शुक्रबार, वैशाख ७, २०८१
14:45 | १९:३०

बेलायतमा जीआरएनसीले मनायो अन्तराष्ट्रिय नारी दिवस

नेपाली लिङ्क मार्च १४, २०२३

लण्डन । ग्रेटर रसमोर नेपाली कम्युनिटी (जीआरएनसी) ले अन्तर्रास्ट्रिय नारी दिवस मनाएको छ ।

गत १२ मार्च आइतबार इम्पायर हल अल्डरसटमा नारी दिवस मनाइएको हो । उक्त कार्यक्रमको अवधारणा परिवर्तन, सशक्तिकरण, जनचेतना र सूचना दिनु थियो।

कार्यक्रमका प्रमुख अतिथि उपमेयर काउन्सिलर क्लाइभ ग्रेटन र विशेष अतिथि काउन्सिल डेपुटी लिडर काउन्सिलर मौरिस सिहान थिए । प्रमुख अतिथि उपमेयर ग्रेटन र जीआरएनसी अध्यक्ष मन गुरुङले पानसमा बत्ती बाली कार्यक्रम सुरु गरेका थिए ।

पहिलो सत्रको कार्यक्रममा सचिव सुशीला मगरले ‘हेल्थ एन्ड सेफ्टी’ र कार्यक्रम संयोजक उपाध्यक्ष लीला सेलिङ माबोले स्वागत मन्तब्य दिएका थिए । सो अवसरमा प्रमुख अतिथि उपमेयर ग्रेटनले शुभकामना र अध्यक्ष मन गुरुङले धन्यवाद मन्तव्य दिए ।

दोस्रो सत्रमा घरेलु हिंसा जागरणसम्बन्धी नाटक मन्चन गरिएको थियो जसको परिकल्पना अध्यक्ष मन गुरुङ र निर्देशन कार्यक्रम सहसंयोजक सुष्मा गुरुङको थियो । 

नाटकमा कलाकारहरु क्याप्टेन रिटार्यड वीर थापा मगर, लीला सेलिङ माबो, कविता घर्ती मगर गुरुङ र मनसुदन थापाले अभिनय गरे ।

उक्त कार्यक्रममा मन गुरुङले ध्यान, ताइची (छिकोंग) र परिवर्तन (हिलिङ), डा. जीत तामाङले मुटु रोग सम्बन्धमा, सेकेन्ड लेफ्टिनेन्ट डा. रेश्मा राज भण्डारीले आफ्नो परिचय, सामुदायिक प्रहरी अधिकृत दुर्गा थापा र निलम रेले प्रहरी, सुरक्षा र रोजगारीबारे, एलिजा गुरुङले सिटिजन एडभाइस र घरेलु हिंसाबाट कसरी बच्ने र भएमा के गर्ने, निशा शर्माले क्यान्सर, सोइंगनाले समावेसी, लीला सेलिङ माबो र जगन गुरुङले कविता, अनुषा गुरुङले प्रोजेक्ट टुगेदर, सूचना र संचारबारे, मधु गुरुङले वृद्धहरूको लागि घर भाडा, सुशीला थापामगरले ‘सोसियल प्रेस्क्राइब’, सुष्मा गुरुङले ‘मेन्टल हेल्थ’ सम्बन्धी जानकारी गराएका थिए ।

उता, सयपत्री समूहले नृत्य, दिनेश गुरुङ र मिन गुरुङले संगीत, कविता घर्ती मगर गुरुङले गीत, रजनी गुरुङले नृत्य र मनसुधन थापा मगरले दोहारी गीत प्रस्तुत गरेर मनोरन्जन दिलाए ।

करिब २०० को सहभागिता रहेको सो कार्यक्रममा धेरैजसो वृद्ध आमा थिए । कार्यक्रममा करिब आठवटा स्टल थिए ।


कार्यक्रम सफल बनाउन सहयोग गर्ने र विशेषगरी रोहिल वार्डका काउन्सिलरहरु डेपुटी काउन्सिल लिडर मौरिस सिहान, काउन्सिलर चार्ल्स चौधरी र काउन्सिलर स्टुवार्ट त्रसलरलाई अध्यक्ष मन गुरुङले धन्यवाद दिए ।

सहभागीले कार्यक्रम निकै लाभदायक भएको प्रतिक्रया दिएका थिए । उक्त कार्यक्रम बीएफबीएस गोरखा रेडियोबाट प्रत्यक्ष प्रसारण गरिएको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू