शुक्रबार, चैत १६, २०८०
06:01 | ११:४६

ह्यारी-मेगनको आरोपबारे बेलायती राजदरबार गम्भीर

नेपाली लिङ्क मार्च १०, २०२१

फाइल तस्विर

लन्डन । बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्कलले उठाएको राजपरिवारभित्रको रंगभेदसम्बन्धि विषयलाई राजदरबारले गम्भीर रुपमा लिएको जनाएको छ ।

अन्तरवार्ताका क्रममा ह्यारी र मेगनले दिएका अभिव्यक्तिलाई चिन्ताजनक भन्दै बकिंगहम प्यालेसले यो विषयलाई दरबारले गम्भिरतापूर्वक लिइने स्पष्ट गरेको छ ।

बेलायती महारानी एलिजावेथका तर्फबाट जारी वक्तव्यमा राजपरिवारमाथि लागेका आरोपहरुलाई आफ्नै ढंगले सम्बोधन गरिने जनाइएको छ ।

बेलायती राजपरिका शीर्ष सदस्यहरुको आपतकालिन बैठकपछि बकिंगहम प्यालेसको वक्तव्य जारी भएको हो । उक्त बैठकमा राजपरिवारका वरिष्ठ सदस्यहरुको सहभागिता थियो ।

ह्यारी र मेगनको अन्तरवर्तामा राजपरिवारभित्र रंगभेदको विषय उठेपछि यसबारे देश विदेशमा ठूलो चर्चा भइरहेको छ । राजपरिवारका सदस्यबाटै जातीय विभेदको आरोप लागेपछि राजदरबारलाई पनि प्रतिक्रिया जनाउन दबाब बढेको थियो ।

यसअघि राजकुमार ह्यारीपत्नी मेगनले ओप्रासँगको अन्तरवार्तामा शाही परिवारका नाम नखुलाइएका एक सदस्यले उनीहरूको छोरा आर्चीको छाला कत्तिको कालो होला भनेर चिन्ता व्यक्त गरेको उल्लेख गरेकी थिइन् ।

उनले राजपरिवारका सदस्यबाटै आफूमाथि भएको अपमान र विभेदका कारण आत्महत्यासम्मको सोच बनाउन बाध्य बनेको बताएकी थिइन् ।

राजदरबारले भने मेगन र ह्यारीले गरेको भनिएको नमिठो अनुभवबारे दुःख व्यक्त गरेको छ । साथै, उनीहरु सधैँ ‘राजपरिवारका प्यारा सदस्य’ रहिरहने पनि वक्तव्यमा उल्लेख गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू