बिहीबार, वैशाख १३, २०८१
06:21 | ११:०६

बेलायतमा २ करोड बढीले लगाए कोभिड खोप

नेपाली लिङ्क फ्रेब्रवरी २८, २०२१


लन्डन । बेलायतमा हालसम्म कोभिडविरुद्धको खोप पाउने जनसंख्या २ करोड बढी पुगेको छ ।

बेलायत सरकारका स्वास्थ्यमन्त्री म्याट ह्यानककले २ करोड (२० मिलियन) बढीले खोपको पहिलो डोज पाइसकेको पुष्टि गरे । खोप वितरणमा बेलायतले हासिल गरेको उपलब्धिलाई ‘विशाल’ भन्दै मन्त्री ह्यानककले महामारीबाट मुक्तिको बाटो भएको उल्लेख गरेका छन् ।  

बेलायत सरकारबाट प्रकाशित पछिल्लो तथ्यांकअनुसार बेलायतमा २ करोड ८९ हजार ५ सय ५१ जनाले कोभिड खोपको पहिलो डोज पाएका छन् । त्यस्तै, अहिलेसम्म खोपको दुवै डोज पाउनेहरु पनि ७ लाख ९६ हजार १ सय ३२ छन् ।  

बेलायत सरकारले विभिन्न प्राथमिकता निर्धारण गरेर खोप वितरण गरिरहेको छ । आउंदो जुलाईसम्म देशभरका सबै वयस्क जनसंख्यालाई खोप दिइसक्ने सरकारको लक्ष्य छ ।  

बालबालिकामा भने खोप वितरणको कुनै योजना अझै बनिसकेको छैन । तर, अक्सफोर्ड एस्ट्राजेनिका खोप बालबालिकामा परीक्षण शुरु गरिएको छ ।  

बेलायतमा अहिले युरोपमा निर्मित फाइजर बायोएनटेक र बेलायतमै निर्मित अक्स्फोर्ड एस्ट्राजेनिका खोप वितरण भइरहेको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू