शुक्रबार, चैत १६, २०८०
11:49 | १७:३४

भीसी शालिक प्रोजेक्टमा बेलायतका गुल्मेलीको साढे १३ हजार पाउन्ड योगदान

संस्थागत र व्यक्तिगत रुपमा आर्थिक सहयोग

नेपाली लिङ्क अक्टोबर ४, २०२०

लन्डन । बेलायतको अल्डरसटमा निर्माण हुन लागेको प्रथम भीसी विजेता हवल्दार कुलवीर थापामगरको शालिकका लागि बेलायतबासी गुल्मेलीहरुले उल्लेख्य आर्थिक योगदान गरेका छन्   

बेलायतस्थित गुल्मेलीहरुका विभिन्न संघसंस्था, समुदाय र व्यक्तिगत तवरबाट समेत गरी शालिक निर्माणका लागि करिब साढे १३ हजार पाउन्ड सहयोग गरिएको गुल्मी जिल्ला समाज यूकेका संस्थापक अध्यक्ष एवम् गोर्खा मेमोरियल प्रोजेक्टका प्रवक्ता ओमप्रसाद थापाले जानकारी दिए ।  

बेलायतका गुल्मेलीहरुको संस्था गुल्मी जिल्ला समाजको तर्फबाट भीसी शालिकका लागि प्रतिबद्धता गरिएको १ हजार १ सय ११ पाउन्ड ११ पेन्स शनिबार हस्तान्तरण गरिएको छ । गोर्खा मेमोरियल प्रोजेक्टका कोषाध्यक्ष समेत रहेका समाजका अध्यक्ष टोप पल्ली नेतृत्वको टीमले प्रोजेक्टलाई सहयोग हस्तान्तरण गरेको हो ।  

त्यसअवसरमा समाजका महासचिव बीर बलाल, संस्थापक अध्यक्ष एवम् प्रोजेक्ट प्रवक्ता ओमप्रसाद थापा, सल्लाहकार क्या ताम ढेगालगायतको सहभागिता थियो । प्रोजेक्टका तर्फबाट प्रमुख संयोजक मेजर खिम गौचन, ग्रेटर रश्मोर नेपाली कम्युनिटी अध्यक्ष रामधन राई लगायतले सहयोग चेक बुझेका थिए ।  

यसअघि बेलायतका गुल्मेलीहरुले संस्थागत र व्यक्तिगत रुपमा गरी भीसी शालिक निर्माणको लागि १२ हजार पाउन्ड बढीको सहयोग प्रदान गरिसकेका छन् ।

हालसम्म प्रथम नौमती बाजा गुल्मी यूके समूहबाट १ हजार १० पाउन्ड ९ पेन्स र भार्सेली समाज यूकेबाट १ हजार १ पाउन्ड सहयोग भएको छ ।  त्यस्तै, व्यक्तिगत रुपमा गुल्मी जिल्ला समाजका संस्थापक अध्यक्ष ओम थापा काउछाबाट १ हजार ५ पाउन्ड, अध्यक्ष टोप पल्लीबाट १ हजार ७६ पाउन्ड ३६ पेन्स, सल्लाहाकार क्याप्टेन ताम ढेगाबाट १ हजार ५ पाउन्ड, सल्लाहकार टेक थापाबाट १ हजार १ सय पाउन्ड,  सल्लाहकार लेफ्टिनेन्ट  कर्णेल याम रानाबाट १ हजार ५५ पाउन्ड र सल्लाहकार तथा गैरआवासीय नेपाली संघ बेलायतका उपाध्यक्ष प्रेम गाहामगरबाट १ हजार २१ पाउन्ड २५ पेन्स सहयोग भएको छ ।

त्यसैगरी, समाजका आजिवन सदस्य मेजर खिम गौचनले १ हजार ५ पाउन्ड, आजिवन सदस्य रवि थापले १ हजार १५ पाउन्ड ८६ पेन्स, आजिवन सदस्य ओमबहादुर बुराथोकीले १ हजार ७ पाउन्ड, टंक थापाले १ हजार ३५ पाउन्ड तथा सल्लाहकार मोतीराज भण्डारीले ३० पाउन्ड र सल्लाहकार  गोकर्ण बस्नेतले २० पाउन्ड सहयोग गरेका छन् ।  

सहयोग हस्तान्तरण  कार्यक्रममा भीसी शालिक निर्माण अभियानमा बेलायतस्थित गुल्मेली समुदायको महत्वपूर्ण सहयोग मिलेको भन्दै गोर्खा मेमोरियल प्रोजेक्टका प्रमुख संयोजक मेजर खिम गौचन र ग्रेटर रश्मोर नेपाली कम्युनिटीका अध्यक्ष रामधन राईले प्रशंसा गरेका थिए ।  

प्रोजेक्टमा समेत महत्वपूर्ण  जिम्मेवारी निर्वाह गरिरहेका गुल्मी जिल्ला समाज यूकेका संस्थापक अध्यक्ष ओमप्रसाद थापा र अध्यक्ष टोप पल्लीले भीसी शालिकजस्तो ऐतिहासिक प्रोजेक्टमा सहयोग गर्न पाउंदा गौरव लागेको भन्दै प्रोजेक्टको सफलताको कामना गरेका थिए ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू