स्याङ्जा भलिबल टीमले जित्यो नवौं अल्डरसट भलिबल प्रतियोगिता

लन्डन- अल्डरसट भलिबल क्लबको आयोजनामा नवौं भलिबल प्रतियोगिता सम्पन्न भएको छ।
शनिबार अल्डरसटको वेलेस्ली स्पोर्टस ग्राउन्डमा खेलाइएको प्रतियोगितामा पुरुषतर्फ १४ र महिलामा ८ टीमले प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगितामा पुरुषतर्फ स्याङ्जा भलिबल टिम विजेता बन्यो भने आयोजक अल्डरसट भलिबल क्लव रनरअप बन्यो। विजेता स्याङ्जा भलिबल टिमले १६०० पाउण्ड नगद पुरस्कार प्राप्त गरेको छ भने रनरअप हुने टिम अल्डरसट भलिबल क्लवले ११०० पाउण्ड पायो।
लेडिजतर्फ मोना यूकेको टिम विजेता र वीन्चेष्टर लेडिज समूह रनरअप बन्यो । लेडिज विजेता टिमले ९०० पाउण्ड र रनरअपले ५५० पाउण्ड पाए।
दुवै विधामा वेष्ट प्लेयर, म्यान अफ द म्याच, वेष्ट डिफेन्स र वेष्ट ब्लकरलाई समेत पुरस्कार प्रदान गरिएको थियो।
क्लबका संरक्षक शेरबहादुर सुनारको प्रमुख आतिथ्यमा भएको उक्त प्रतियोगितामा विशेष अतिथि रसमोर बरो मेयर पिटर कलम, डेपुटी मेयर जीव बेल्वासे, तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङ र आमा समूह प्रमुख कमलादेवी गुरुङ, काउन्लिरहरु धन सार्की र उत्तरबहादुर गुरुङलगायत सहभागी थिए।
सो अवसरमा अल्डरसट भलिबल क्लबले नेपालमा राष्ट्रिय स्तरमा भलिबल खेलेका पूर्व खेलाडीहरु मन्जु गुरुङ राई, लालबहादुर गुरुङ, ओमकुमारी पुन र रमिला गुरुङलाई सम्मान गरेको थियो।
कार्यक्रमका प्रमुख अतिथि अल्डरसट भलबल क्लबका संरक्षक शेर सुनारले विजेताहरुलाई बधाई तथा शुभकामना दिए।
क्लबका अध्यक्ष विमल गुरुङले कार्यक्रम समापन गर्दै प्रतियोगितामा सहभागी खेलाडी, टीम, सहयोगी, प्रायोजक, अतिथिलगायत सबैलाई आयोजकका तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


