आइतबार, १४ जुन, २०२६
11:59 | १६:४४

२८ वर्षपछि विश्वकपमा फर्किएको स्कटल्याण्डले जितसँगै शीर्ष तीन अङ्क जोड्यो

रासस जुन १४, २०२६

काठमाडौँ । हाइटीलाई पराजित गर्दै स्कटल्याण्डले फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ मा सुखद सुरुआत गरेको छ ।

अमेरिकाको बोस्टन स्टेडियममा शनिबार सम्पन्न समूह ‘सी’ को खेलमा स्कटल्याण्डले हाइटीलाई १–० गोलअन्तले पराजित गर्दै विश्वकपको आफ्नो उद्घाटन खेलमा सुखद सुरुआत गरेको हो । २८ वर्षपछि विश्वकपमा फर्किएको स्कटल्याण्डले जितसँगै शीर्ष तीन अङ्क जोडेको छ । स्कटल्याण्डले पछिल्लो पटक सन् १९९८ मा विश्वकप खेलेको थियो । त्यसपछि लगातार छनोट हुन सकेको थिएन ।

स्कटल्याण्डको जितमा जोन म्याकगिनलले गरेको एक गोल नै निर्णायक गोल साबित भयो । उनले खेलको पहिलो हाफको २८औँ मिनेटमा गोल गरे ।

समूह ‘सी’ अन्तर्गत आज बिहान सम्पन्न खेलमा पाँच पटकको विश्वकप विजेता ब्राजिलले मोरक्कोसँग १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको थियो । यस समूह ‘सी’ मा स्कटल्याण्ड तीन अङ्कका साथ शीर्ष स्थानमा छ भने मोरक्को एक अङ्कका साथ दोस्रो स्थानमा छ ।

त्यस्तै, समान एक अङ्क नै बटुलेको ब्राजिल तेस्रो स्थानमा छ । अङ्कविहीन रहेको हाइटी चौथो स्थानमा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू